११-२-२०८१, शुक्रबार

'अरुलाई के भनम ,म आफै खराब छु !'-मेयर बालेन

अर्थकागज
प्रकाशित: २०८०-१२-२८
Image description

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह(बालेन)ले म अरुलाई के भनम ,म आफै खराब छु भन्दै कविता लेखेका छन्।

मंगलबार साझ मेयर शाहले सामाजिक सञ्जालमा लेखेको कविता

यस्तो छ:

म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु ,

राजा खराब भो ,

म गणतन्त्र आउँदा राजा चाहियो भन्छु ,

जनतन्त्र हराम भो ,

म जनता हुँदा नेता बन्न खोज्छु ,

नेता बन्दा जनता लडाउछु ,

कम्जोर हुँदा बलियो लाई रोज्छु ,

बलियो हुँदा आफै हराउछु !

म आफै आफ्नो शत्रु , म आफै दबाब हुँ !

म अरुलाई के भनम ,म आफै खराब छु !!


प्रतिक्रियाहरू

सम्बन्धित खबर