पिपुल्स पावरको ५० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थकागज
प्रकाशित: ३२ जेठ २०८२
Image description

काठमाडौं । पिपुल्स पावर लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अर्थात असार १ गते अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद निष्काशनको लागि असार २ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज असार १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।

नेपाल धितोपत्र बोर्डले जेठ २ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो। कम्पनी १:०.५० को अनुपातमा हाल कायम चुक्ता पुंजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो। कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँको ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।

शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर