अरुण काबेलीको हकप्रद बाँडफाँड : २० लाख १४ हजार कित्ता लिलामीमा आउने

प्रकाशित:
२२ असोज २०८०

काठमाडौं । अरुण काबेली पावर कम्पनी लिमिटेडले निष्कासन गरेको शतप्रतिशत हकप्रद सेयर बाँँडफाँड गरिएको छ । उक्त हकप्रद असोज १९ गते बाँडफाँड गरिएको हो ।
कम्पनीले भदौ ११ गतेदेखि भदौ ३१ गतेसम्म १ः१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर खुल्ला गरेकोमा १ करोड ६५ लाख ३७ हजार २ सय ८८ कित्ताका लागि मात्र आवेदन परेको छ । जस अनुसार अब बिक्री हुन नसकेको २० लाख १४ हजार ८ सय १७ कित्ता हकप्रद कम्पनीले लिलामीमा ल्याउनेछ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares