न्यादी हाईड्रोपावर १६.६६ करोड घाटामा

अर्थकागज
प्रकाशित: १३ साउन २०८१
Image description

काठमाडौं । न्यादी हाईड्रोपावर लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा हाईड्रोपावर नोक्सानीमा देखियको छ ।

असार मसान्तसम्ममा कम्पनी १६ करोड ६६ लाख रुपैयाँ खुद नाफा नोक्सानीमा रहेको छ। यो घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी २० करोड ९३ लाख रुपैयाँमा घाटामा थियो।

समक्षा अवधिसम्ममा कम्पनीले बिद्युत बिक्रीमाफर्त ५९ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षके तुलनामा ०.०६७ प्रतिशतले बढि हो अघिल्लो आवमा कम्पनीको यस्तो आम्दनी ५९ करोड १६ लाख रुपैयाँ रहेको थियो ।

१ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति १६ करोड ५९ लाख र कुल चालु दायित्व ३० करोड ७९ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ११.११ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ६६.०२ रुपैयाँ कायम भएको छ ।्र

प्रतिक्रियाहरू

सम्बन्धित खबर