अप्पर स्याँङ्गे हाइड्रोपावर खर्च कटौतीमा, सेयरधनीलाई लाभांश दिने व्यवस्थापनको सपना !


काठमाडौं । अप्पर स्याँङ्गे हाइड्रोपावर खर्च कटौतीमा लागि परेको छ । बार्षिक प्रतिवेदन २०७९/२०८० को अनुसार कम्पनीको व्यवस्थापन खर्च कटौतीमा लागेको प्रष्ट देखिन्छ । कम्पनीको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको भुमिका बिर बहादुर घले रहेका छन् । अध्यक्ष घलेले कम्पनीको बैठक भत्ता लिएका छैनन् ।
उनी मात्र होइन संचालक अरु सदस्यहरुले पनि बैठक भत्ता लिएका छैनन् । अध्यक्ष एवंम् सिइओ घलले गत आर्थिक वर्षमा तलव वापत १४ लाख ७२ हजार रुपैयाँ मात्र लिएका छन् । यो भनेको अन्य जलविद्युत कम्पनीका सिइओले खाने तलव भत्ता भन्दा धेरै न्युन हो । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २२ करोड रहेको छ । कम्पनीको गत आर्थिक वर्षमा व्यवस्थापन खर्च ५८ लाख ३१ हजार ३१६ रुपैयाँ खर्च गरेको छ ।
कम्पनीले २४.५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत आयोजनाको निर्माणको लागि अगाडि बढी सकेको छ । गोरखा जिल्लाको धार्चे गाउँपालिका वडा १मा अवस्थित दोभानन बजारमा विद्युत गृह रहने गरी प्रस्ताबिक यस आयोजनाको पिपिए समेत भैसकेको छ । पिपिए अनुसार यो आयोजनाको व्यापारिक उत्पादन २०८४ साल चैत्र मसान्तसम्म गरिसक्नु पर्नेछ ।
माथिल्लो स्याङ खोला साना जलविद्युत आयोजना (२.४० मेगावाट) हाल अपर स्याङ हाइड्रोपावरले विजुली बिक्री गरी आम्दानी गरिरहेको छ । कम्पनीले अरु नयाँ नयाँ आयोजनामा लगानी गरी भोलीका दिनमा सेयरधनीलाई धेरै भन्दा धेरै लाभांश दिने उदेश्य अनुरुप व्यवस्थापनले काम गरिरहेको संचालक समितिका सदस्य सौरभ ढकालले बताए ।
Shares