एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि निष्काशन तथा बिक्रि खुल्ला गरेको हकप्रद सेयरमा आवेदन दिने आज आवेदन दिन रहेको छ ।
कम्पनीले १०ः६.२५६ को अनुपातमा सेयरधनीहरूका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक २७ गते बुक क्लोज गरिसकेको छ त्यसैले कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन पाउँछन् । हकप्रद सेयर निष्काशन आज पुस १ गते बैंकिङ्ग समयपछि बन्द हुने कम्पनीले जनाएको छ ।
कहाँबाट आवेदन दिने ?
इच्छुक सेयरधनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराईज लिमिटेड, एनएजली इन्स्योरेन्सका केन्द्रीय तथा विभिन्न क्षेत्रिय कार्यालयहरू, लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालय र सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय मार्फत आवेदन दिन सकिनेछ ।
Shares