‘प्लेयर अफ दी सिरिज’ हुने नेपाली खेलाडीलाई शारडा समूहले ६२ लाख पर्ने ओमोडा-ई ५ कार दिने

अर्थकागज
प्रकाशित: १० मंसिर २०८१
Image description

काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान० को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपीएल० मा ‘प्लेयर अफ दी सिरिज ’ घोषित हुने नेपाली खेलाडीलाई शारडा समूहले ओमोडा(ई ५ कार प्रदान गर्ने भएको छ।

‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई यो ब्रान्ड न्यू कार प्रदान गरिने एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले पुष्टि गरेका छन्। यसअघि पुरस्कारको रूपमा दिइने कारको नाम खुलाइएको थिएन। नेपालमा यसको बजार मूल्य ६१ लाख ९९ हजार रूपैयाँ रहेको छ।

एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रा।लि। र क्यानको सहकार्यमा शारडा समूहसँग सम्झौता भएको हो।

मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सको ‘ओमोडा एन्ड जेईको’ ‘ड्रिभन बाई’ सह प्रायोजकको रूपमा साझेदार रहेको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर