सेयरधनीलाई निराश बनाएको आरम्भ चौतारी लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज ?

प्रकाशित:
१९ चैत २०८०

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ३० गते वार्षिक साधारण सभा बनेपा पार्टी भेन्यु, बनेपा–८, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे बोलाएको छ । साधारण सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सभा प्रयोजनका लागि कम्पनीले बुधबार चैत २१ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंगलबार चैत २० गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् । सेयरधनीलाई लाभांश भने नदिएको छैन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares