सिमेन्ट उद्योगका पूर्व कर्मचारी पुनःआन्दोलनमा

माधव पोखरेल
प्रकाशित: १९ साउन २०८१
Image description

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ६ स्थित जलजलेमा रहेको उदयपुर सिमेन्ट उद्योगबाट अवकास प्राप्त कर्मचारीहरुले उपादान वापतको रकम भुक्तानी नपाएका कारण शुक्रबारदेखि पुनःआन्दोलनमा उत्रिएका छन् ।

आजभन्दा एक महिना अघि पनि सेवा सुविधाको माग गर्दै तीन वर्ष अघिदेखि अवकास पाएका ६४ जना सेवा निवृत कर्मचारीहरुले उद्योगले नियमानुसार दिनु पर्ने सेवा सुविधा उपलब्ध नगराएको भन्दै पटक पटक नै उद्योग व्यवस्थापन समक्ष अनुरोध गरेको थिए ।

उद्योग व्यवस्थापनले उपलब्ध गराउने आश्वासन दिएको भए पनि हालसम्म पनि नियमानुसार पाउनु पर्ने सेवा सुविधा नपाएका कारण अब चरणवद्ध रुपमा आन्दोलनमा जाने तयारी भएको उद्योगको वरिष्ठ अधिकृत पदबाट अनिवार्य अवकास पाएका तर उपादान रकम नपाएका कुबेरकान्त काफ्ले बताए ।

उनले भने सरकारले नै उद्योगलाई बन्द गराउन चाहेको छ । दुई वर्ष अघि तत्कालिन महाप्रबन्धक गोपी न्योपानेले पदबाट राजिनामा दिएपछि सरकारले महाप्रबन्धक पठाउन नसकेको जानकारी दिंदै उद्योग मन्त्रालयका उपसचिव खगेन्द्र बस्नेतलाई केही महिनाकोलागि महाप्रबन्धक बनाएको भए पनि उनले खासै काम गर्न नसक्दा उद्योगले झन अधोगति हिड्नु परेको बताए ।

उपचार खर्च नपाउँदा अशोक चौधरीले उपचारको अभावमा ज्यान गुमाएको स्मरण गराउँदै काफ्लेले अवकास प्राप्त मध्ये कोही पक्षघातको विरामी छन भने कोही, मुटुको उपचार गरेर नियमित औषधी सेवन गरिरहेका छन् । कोही मृगौलाको नियमित डायलासिस गरेर बसेका छन् । यस्तो पीडादायी अवस्था हुँदा पनि उद्योगले अवकास प्राप्त कर्मचारीहरुको गुनासो प्रति ध्यान नदिएको काफ्रलेले बताए ।

उद्योगका निमित्त महाप्रबन्धक महेश साह केही दिनदेखि राजधानी स्थित सम्पर्क कार्यालय र उद्योग मन्त्रालयमा धाउने गरेको भए पनि नियमानुसार पाउने उपादान निकासाकालागि पहल नगरेको अर्का अवकास प्राप्त कर्मचारी कमल राईले बताए ।

हाल उद्योगको संचालक समितिको अध्यक्ष र महाप्रबन्धक रिक्त रहेको अवस्था छ भने उद्योग मन्त्रालयले अध्यक्ष र महाप्रबन्धकको विज्ञापन प्रकाशित गत असारमै गरेको थियो ।

सेवा निवृत कर्मचारीहरुलेएक संघर्ष समिति गठन गरेको र समसत मार्फत संघर्षका कार्यक्रमहरु संचालन गर्ने र हाल उद्योगको गेटमा कालो झण्डा र व्यानर राखेर विरोधका कार्यक्रम गरिने संघर्ष समितिका संयोजक जगरनाथ चौधर िद्धारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।

उद्योगको सम्पर्क कार्यालय काठमाण्डौमा पनि केही साथीहरुले निमित्त महाप्रबन्धक महेश साहलाई ज्ञापनपत्र दिएर कालो द्धण्डा र व्यानर सहित विरोधको कार्यक्रम भएको संयोजक चौधरीले बताए ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर