अरुण भ्याली हाइड्रोको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?


नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।
अरुण भ्यालीले निष्काशन गर्न लागेको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । आईतबारको अन्तिम कारोबार मूल्य २८० रुपैयाँ २० पैसाका आधारमा सेयरको मूल्य समायोजन गरिएको नेप्सेले जनाएको हो ।
समायोजनपछि यसको मूल्य १९० रुपैयाँ १० पैसा कायम भएको छ । सोमबार नेप्सेमा १९० रुपैयाँ १० पैसामा नै यसको कारोबार खुल्ने छ ।
हकप्रद सेयरबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजना निर्माणको लागि आवश्यक पर्ने स्वपुँजीको लागि पीके हाइड्रोपावर प्रालिको संस्थापक सेयरमा लगानी गर्ने कम्पनीले जानकारी गराएको छ ।
बाँकी ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ भने हाल सञ्चालनमा रहेको काबेली–१ क्यास्केड जलविद्युत आयोजनाको निर्माण गर्दा बैंकहरुबाट लिएको ऋण तिर्ने कम्पनीले जनाएको छ । मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
Shares