सर्वाेत्तम सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर (फोटोफिचर)

अर्थकागज
प्रकाशित: ११ असोज २०८१
Image description

काठमाडौं । सर्वाेत्तम सिमेन्टलेमिति गत असोज ५ गतेका दिन झापा जिल्लाको भद्रपुर–नगरपालिका वडा नं. ९ मा अवस्थित आप्mनो सर्वाेत्तम ईष्ट प्राईभेट लिमिटडको कारखाना स्थलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । “सुखद जीवनका लागि हौँ निरोगी” भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल १०६ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन्र कम्पनीले निःशुल्क औषधी समेत वितरण गरेको छ ।

उक्त शिविरमा वरिष्ठ फिजिशियन तथा वरिष्ठ गाइनोकोलोजिष्ट लगायत अन्य १२ जना सहयोगीहरुले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो । साथै, उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख श्रीमती राधा कार्की, वडा नं. ९ का वडा अध्यक्ष राम प्रसाद दाहाल, प्रगति टोल विकास समितिका अध्यक्ष टेक बहादुर रोक्का तथा यसै उद्योगका प्रतिष्ठित व्यक्तित्वहरु अतिथिका रुपमा उपस्थिति रहेको थियो । आफ्नो  सामाजिक उत्तरदायित्व बोध गर्दै कम्पनीले सो निःशुल्क स्वास्थ्य शिविरको कार्यक्रम ल्याएको हो । साथै आगामी दिनहरुमा पनि यस प्रकारका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै जान कम्पनीले जनाएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर