महिला लघुवित्तद्वारा विद्याथीलाई वित्तीय साक्षरता कार्यक्रम

अर्थकागज
प्रकाशित: ३० भदौ २०८१
Image description

चितवन । चितवन महिला लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय साँगा,काभ्रेद्धारा संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न किसिमका लक्षित वर्गका व्यक्तिहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । २०८१ भाद्र २८ गते बाग्मती प्रदेशको चितवन जिल्ला भरतपुर महानगरपालिकामा ५६ जना कक्षा १० मा अध्यनरत विद्यार्थीहरुको सहभागीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको हो । विद्यार्थीहरुमा बचत गर्ने बानीको बिकास गर्ने । लागि वित्तीय लक्ष्य, आवश्यकता र चाहनाहरु, विद्युतीय वित्तीय सेवाहरु, बचत लगायतका विषयवस्तुहरु समावेश गरि वित्तीय अनुशासनको बिकास तथा व्यवहारिक परिवर्तनको कार्यक्रमको सहजीकरण गरिएको थियो । सहभागीहरुलाई कृषी तथा व्यवसायीक अभिमुखिकरण तालिम पनि दिइएको थियो । वित्तीय साक्षरता कार्यक्रबाट वित्तीय सीपको बारेमा जानकारी हुने, दैनिक भई रहेका खर्चहरुमा मितव्ययी अपनाई बचत गर्ने बानीको बिकास गरि वित्तीय व्यवस्थापन गर्ने, बचत खर्चको व्यवस्थापन गर्ने लगायतका विषयमा साक्षरता प्रदान गरिएको छ । कार्यक्रममा वित्तीय संस्थाको तर्फबाट अनुगमन तथा निरिक्षण विभाग प्रमुख  बुद्धि प्रसाद भट्ट, सोही विभागमा कार्यरत  रबिन दाहाल, शाखा कार्यालय टाँडीका शाखा प्रमुख बोधेन्द्र बि.सी र शाखा कार्यालय गीतानगरका कार्यालय प्रमुख  कृष्ण बस्नेतको लगायत अन्य कर्मचारीहरुको सहभागीता रहेको थियो । यसै  प्रेमवस्ती माध्यामिक विद्यालयका प्रधानाध्यापक  रामेश्वर न्यौपाने र नवराज सापकोटा र अन्य शिक्षकहरु समेतको सहभागी रहेकाले कार्यक्रम अझ प्रभावकारी भएको थियो । संस्थाले यस आ.व २०८१/८२ मा ७ वटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम गर्ने योजना रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर