मिर्मिरे लघुवित्तको खुद नाफा ४१.४८ प्रतिशतले घट्यो !


काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
यस अवधिमा लघुवित्तले ३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.४८ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २५.८४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ११.५१ प्रतिशत घटेको छ । त्यसैगरी, कुल सञ्चालन मुनाफा २१.९५ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४१.४८ प्रतिशत घटेको छ । पुस मसान्तसम्ममा लघुवित्तको वितरण योग्य मुनाफा १ करोड ९८ लाख रुपैयाँ रहेको छ।
लघुवित्तको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५७ पैसा घटेर १० रुपैयाँ २२ पैसामा झरेको छ । पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ६१.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ४१ पैसा रहेको छ ।
पछिल्लो ६ महिनामा लघुवित्तको निक्षेप तथा सापटी ०.४० प्रतिशत र कर्जा लगानी ३.३२ प्रतिशत घटेको छ । ६६ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ४२ करोड ८८ लाख रुपैयाँ छ ।
Shares