पर्वत पैयु खोला हाईड्रोपावरले आईपिओ निष्काशन गर्ने

अर्थकागज
प्रकाशित: २० जेठ २०८१
Image description

साधारण सेयर(आईपिओ) निष्काशनको प्रस्ताव सहित पर्वत पैयु खोला हाईड्रोपावर कम्पनी लिमिटेडले बिशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको जेठ १० गते बसेको सञ्चालक समितीले विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।

संचालक समितिको निर्णय अनुसार कम्पनीको विशेष साधारणसभा २०८१ साल असार ३ गते कम्पनीको रजिष्टर्ड कार्यालय टोखा, काठमाण्डौमा विहान १० बजेदेखि सुरु हुनेछ ।

विशेष साधारणसभाले सर्वसाधारणका लागि साधारण सेयर (आईपिओ) निष्काशन गर्ने र अन्य कार्यहरुका लागि संचालक समितीलाई अख्तियारी दिने प्रस्ताव सहित विभिन्न प्रस्ताव हरु पारित गर्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर