अरुण काबेलीले नबिकेको हकप्रद असोज ३० गतेबाट लिलामीमा ल्याउने, कति दिने आवेदन ?


काठमाडौं । अरुण काबेली पावर कम्पनी लिमिटेडले असोज ३० गतेबाट नबिकेको हकप्रद लिलामीमा ल्याउने भएको छ ।
कम्पनीले भदौ ११ गतेदेखि भदौ ३१ गतेसम्म १ः१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर खुल्ला गरेकोमा १ करोड ६५ लाख ३७ हजार २ सय ८८ कित्ताका लागि मात्र आवेदन परेको थियो । त्यसैले, बिक्री हुन नसकेको २० लाख १४ हजार ८ सय १७ कित्ता हकप्रद कम्पनीले लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।
लिलामी सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यो लिलामी सेयरमा कार्तिक १४ गतेसम्म आवेदन दिन पाउनेछन् ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
Shares