ईङवा हाइड्रोपावरको बिद्युत बिक्रि आम्दानी १५ करोड नाघ्यो

अर्थकागज
प्रकाशित: १५ माघ २०८२
Image description

काठमाडौं । ईङवा हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा बढेको छ ।

पुस मसान्तसम्ममा कम्पनीले १ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद मुनाफा २९ लाख ९६ हजार रुपैयाँ ऋणात्मक रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट १५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ अघिल्लो बर्ष कम्पनीको विद्युत बिक्रि आम्दानी १३ करोडमा सिमित थियो ।

६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य ईक्विटीमा १ करोड १८ लाख रुपैयाँ ऋणात्मक रहेको छ। पुस मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ५० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ २ पैसा रहेको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर