यूनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम नियुक्त
काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कमल गौतम नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको मंसिर २६ गते अर्थात आज बसेको ४५औं बैठकको निर्णयले गौतमलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।
विगत तीन दशक भन्दा बढी विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्य गरी विकास बैंक र निर्जीवन बीमा कम्पनीमा समेत प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका गौतमले त्रिभुवन विश्व विद्यालयबाट (एमबिए) सम्मको अध्ययन पुरा गरेका छन् ।
उनको कार्यअनुभव तथा कार्य सम्पादनको मूल्याङ्कन गर्दै कम्पनीले गौतमलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्ष जनशक्तिबाट संभव हुने कुरामा विश्वास लिने उनी कर्मचारीको टिमवर्कमा विश्वास गर्छन् । उनको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति सँगै कम्पनी थप उचाईमा पुग्ने सञ्चालक समितिले विश्वास गरेको छ।
Shares