सिटी एक्सप्रेसको १९औं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम

अर्थकागज
प्रकाशित: २८ असार २०८२
Image description

काठमाण्डाै । सिटी एक्सप्रेस मनी ट्रान्सफर हिजाे १८ वसन्त पार गरेर १९‍औं वर्षमा प्रवेश गरेको छ । सिटी एक्सप्रेसले १९औं वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरेकाे छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘रक्तदान जीवनदान – हामी सबैको योगदान’ भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

साथै वार्षिकोत्सवका अवसरमा कम्पनीले वर्षको उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत गरेको थियो । कार्यक्रममा सिटी एक्सप्रेसका ब्रान्ड एम्बेसडर तथा हास्य कलाकार जितु नेपालको पनि उपस्थिति रहेको थियो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले विगत १८ वर्षदेखि संसारभरबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ । भर्खरै कम्पनीले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा शुरू गरेकाे छ । साथै सिटी पेबाट रेमिट्यान्स भुक्तानी पनि गर्न सकिन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर