यूनाइटेड अजोड इन्स्योरेन्सको बार्षिक साधारणसभा सम्पन्न

अर्थकागज
प्रकाशित: ३१ असार २०८३
Image description

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३२ औं वार्षिक साधारण सभा बुधाबर अम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाण्डौंमा सफलता पूर्वक सम्पन्न भएको छ । 

सभाबाट संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८१ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु सभावाट पारित भएको छ । साथै सञ्चालक समितिबाट पेश गरिएका सबै सामान्य र विशेष प्रस्तावहरु सर्वसम्मतिबाट पारित भएको छ । सभाले कम्पनीको आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हालसम्म चुक्ता भएको पूँजी रु. २ अर्ब ३१ करोडको ४.२८५७ प्रतिशतका दरले हुन आउने रु.९,९०,००,०००/– -अक्षरेपी नौ करोड नब्बे लाख) बराबरको बोनश शेयर तथा सोमा लाग्ने लाभांश कर प्रयोजनाका लागि ०.२२५६ प्रतिशतका दरले नगद लाभांश रु. ५२,१०,५२६।३२ -अक्षरेपी बाउन्न लाख दश हजार पाँच सय छब्बीस पैसा बत्तीस) वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएको छ । अब सम्बन्धित निकायहरुको स्वीकृति लिई बोनस शेयर जारि गरिने र त्तपश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी रु.२,६४,००,००,०००।–-अक्षरेपी दुई अर्ब चौसठ्ठी करोड) पुग्ने पुग्नेछ । २०८३ साल जेठ मसान्तसम्म कम्पनीको शाखा तथा उपशाखा, तेस्रोपक्ष बीमा काउण्टर र प्रादेशिक कार्यालयहरुको समायोजन गरी हाल प्रधान कार्यालय तथा प्रादेशिक कार्यालय समेत १०४ वटा शाखा तथा उपशाखा र तेस्रोपक्ष बीमा काउण्टरबाट बीमा सेवा प्रदान गर्दै आएकोे छ । आगामी आ.व.२०८३।८४ मा शेयरधनी महानुभावहरुलाई अपेक्षित प्रतिफल दिन र कम्पनीको लक्ष्य हासिल गर्न कम्पनी परिवार क्रियाशिल रहेको कम्पनीले जनाएको छ । 









प्रतिक्रियाहरू

सम्बन्धित खबर