स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा सामान्य गिरावट, वितरणयोग्य मुनाफा १ अर्ब नाघ्यो

अर्थकागज
प्रकाशित: ०६ माघ २०८०
Image description

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार बैंकको नाफामा सामान्य गिरावट देखिएको छ ।

यस अवधिमा बैंकले १ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.५५ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ७.५४ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १५.४० प्रतिशतले बढेको छ । त्यसैगरी, सञ्चालन मुनाफा पनि १.५० प्रतिशतले घटेको छ । समीक्षा अवधिमा बैंकको निष्कृय कर्जा ०.७२ प्रतिशतबाट बढेर १.६ प्रतिशत पुगेको छ ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३१ करोड रुपैयाँ रहको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा २३ रुपैयाँ ९४ पैसा रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ६२ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ५८ पैसा रहेको छ । त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १४.३६ गुणा रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर