रिडी पावर कम्पनीको साधारणसभा सम्पन्न, अर्को वर्ष राम्रो डिजिटमा लाभांश दिने प्रतिबद्धता
प्रकाशित:
२७ पुस २०८०
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले अर्काे वर्ष राम्रो डिजिटमा सेयरधनीलाई लाभांश दिने प्रतिबद्धता गरेको छ । पुष २८ अर्थात शनिबार इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वरमामा सम्पन्न २२ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष संजिव न्यौपानेले यस्तो बताएका हुन् ।
कम्पनीका अध्यक्ष संजिव न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७९/८० को संचालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।
त्यसै गरी सभाले लेखा परिक्षण प्रतिवेदन सहितको आषढ ३१, २०८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरुमाथि छलफल गरी पारित गर्नुको साथै आर्थिक वर्ष २०८०/८१ कोे लागि लेखा परीक्षकको नियुक्ति गर्नुको साथै निजको पारिश्रमिक निर्धारण गरिएको छ ।
कम्पनीको मातहतमा अहिले ४ वटा आयोजनाहरु संचालनमा रहेका छन् । कम्पनीको पहिलो जलविद्युत आयोजना धादिङ्ग जिल्लाको थाक्रे गाउँपालिकामा ५०० किलोवाट क्षमताको रैराङ खोला जलविद्युत आयोजना २०६१ सालदेखि संचालनमा छ भने दोस्रो आयोजना रीडी खोलामा २४०० किलोवाट क्षमताको रीडीखोला जलविद्युत आयोजनाको निर्माण २०६६ सालमा सम्पन्न गरी राष्ट्रिय ग्रिड प्रणालीमा विद्युत आपूर्ति गरिरहेको छ । त्यसै गरी कम्पनीको तेस्रो आयोजना पाँचथर र ताप्लेजुङ जिल्लाहरुको सीमाना भएर बहने इवा खोलामा ९९०० किलोवाट क्षमताको इवाखोला जलविद्युत आयोजनाको निर्माण पुरा भई २०७६ साल आश्विन २० गतेबाट व्यवसायिक उत्पादन गरी राष्ट्रिय ग्रीड प्रणालीमा विद्युत आपूर्ति गरिरहेको छ । त्यसै गरी कम्पनीको चौथो आयोजनाको रुपमा लुम्बिनी प्रदेश, रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा ८५०० किलोवाटको बुटवल ग्रिड जडित सौर्य विद्युत आयोजनाको निर्माण गरी २०७७ साल कार्तिक १५ गतेदेखि निरन्तर रुपमा व्यवसायिक उत्पादन गर्दै आईरहेको छ । यसरी सम्पूर्ण आयोजना गरी कम्पनीको मातहतमा कला कुल २१.३१ मेगावाटका विद्युत आयोजनाहरु संचालनमा रहेका छन् । रिडी पावर कम्पनीको लगानी रहेको साझा पावर डेभलपमेन्ट प्राइभेट लिमिटेडले अहिले २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनामा कुमारी बैंकको मुख्य लगानी रहेको छ । यस आयोजनामा लगानीकर्तालाई संस्थापक सेयरमा लगानी गर्ने अवसर दिइरहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रियाहरू
Deepak
2 years ago
Right ra bonas Nadine vo feri
subash Paudel
2 years ago
यस आयोजनामा लगानीकर्तालाई संस्थापक सेयरमा लगानी गर्ने अवसर दिइरहेको कम्पनीले जनाएको छ ।Mero pani chana raheko xa kata samoarp garda thik hola
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares