सूर्यकुण्ड हाइड्रोको आईपीओ बाँडफाँट, तपाईंलाई पर्यो कि ? यसरी हेर्नुहोस्

अर्थकागज
प्रकाशित: ०४ फागुन २०८२
Image description

काठमाडौं ।  सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ आज बाँडफाँड सम्पन्न भएको छ । कम्पनिले माघ १८ गतेदेखि २१ गतेसम्म निकाष्शन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट गरेको हो ।

उक्त कम्पनीको शेयर ५७ हजार २४३ जनाले १०–१० कित्ताका दरले पाएको बिक्री प्रबन्धक  कुमारी  क्यापिटलले जनाएको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक  कुमारी क्यापिटलमेरोसेयर एकाउन्ट बाट आईपीओको नतिजा हेर्न सक्नेछन् । त्यस्तै, सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिनेछ ।

कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । कम्पनीले सामूहिक लगानी कोषका लागि ३४ हजार ४८४ कित्ता र कर्मचारीका लागि १३ हजार ७९३ कित्ता छुट्टाएको छ ।

कम्पनीले सञ्चालन गरेको ११ मेगावाटको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रहेको छ भने प्रतिमेगावाट लागत २१ करोड ५३ लाख १२ हजार ७२७ रहेको छ

प्रतिक्रियाहरू

सम्बन्धित खबर