हिमालयन बैंकको एफपीओमा आबेदनको ओईरो, पर्ने संभावना कति ?
काठमाडौं । हिमालयन बैंक लिमिटेडले निष्कासन गरेको एफपीओमा आवेदनको ओइरो लागेको छ । आवेदन खुलेको दोस्रो दिनसम्म ८ लाख ७० हजार ६७० जनाले आवेदन दिएको छन् । सिडियस एण्ड क्लियरिङ्ग लिमिटेडको अनुसार बिहीबार साँझा ५ बजेसम्म ८ लाख ७० हजार ६७० जना आवेदकबाट १ करोड ८५ लाख ९७ हजार ३० कित्ताको लागि आवेदन परेको छ ।
आवेदन दिने मिति आज (शुक्रबार) शनिबार र आईतबार रहेको छ । आजसहित अझै तीन बाँकी रहेकोले आवेदन १५ देखि २० लाख जनाको आवेदन पर्ने अनुमान गर्न सकिनेछ । हिमालयन बैंकको एफपीओ गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित देखिन्छ । साउन १ गतेदेखि निष्काशन भएको एफपिओमा लगानीकर्ताले साउन ४ गतेसम्म आवेदन दिन सक्नुहुनेछ ।
बैंकले असार २२ गते नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १५७ रुपैयाँका दरले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो ।
बैंकले जारी पुँजीको कम्तीमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनुपर्ने बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार एफपीओ निष्कासन गरेको हो । एफपीओ निष्कासनपछि बैंकको संस्थापकतर्फ १५ करोड ८० लाख ७१ हजार ६३७.७२ कित्ता र सर्वसाधारणतर्फ ६ करोड ७७ लाख ४४ हजार ९८७.५९ कित्ता सेयर कायम हुनेछ ।इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकत सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
Shares