सर्वोत्तम सिमेन्टले पायो बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन अनुमति, मूल्य कति ?
प्रकाशित:
३० असोज २०८०
काठमाडौं । सर्बोत्तम सिमेन्टले बुक बिल्डिङबाट आईपिओ जारी गर्ने अनुमती पाएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार बुक बिल्डिङबाट आइपिओ निष्कासन गर्ने अनुमती पाएको हो ।
सर्बोत्तमलाई बोर्डले प्रतिकित्ता ४०१ रुपैयाँमा बुक बिल्डिङ प्रणालीबाट आइपिओ जारी गर्न अनुमती दिएको हो।
नेपालको धितोपत्र बजारको सार्वजनिक निष्कासनमा ब्रेक थ्रु मानिएको बुक बिल्डिङ प्रणालीले रियल सेक्टरका कम्पनीहरु आकर्शित गर्ने अपेक्षा गरिएको छ ।
आइपिओको बिडिङ अमाउन्ट ( बोल कबोल मुल्य) ५०१ रुपैयाँ कायम गरिएको छ । योग्य सस्थागत लगानीकर्ताहरुले खरिद गरेको न्युनतम मुल्यमा १०५ घटाएर सर्वसाधारणलाई आइपिओ निष्कासन गरिनेछ ।
सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ । योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरिएको शेयर बाँडफाँड भए पछि कम्पनीले सर्बसाधारणलाई सेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ । यो बुक विल्डिङको नियम नै हो । बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ।
प्रतिक्रियाहरू
Basnet Bhoj
2 years ago
Ghirai cement jastai hune ta hola yas ko pane.
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares