एनएलजी इन्स्योरेन्सको सिईओ र समितिहरुको तलव/भत्ता कति ?

अर्थकागज
प्रकाशित: २९ माघ २०८०
Image description

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई ९२ लाख २२ हजार ३६३ रुपैयाँ खर्च गरेको छ ।

कम्पनीको सिइओमा सुनिल बल्लभ पन्त रहेका छन् । वार्षिक प्रतिवेदन अनुसार कम्पनीले उपकार्यकारी प्रमुख, सहायक महाप्रबन्धक तथा विभागीय प्रमुख पदाधिकारीहरुलाई समिक्षा अवधिमा पारिश्रमिक, भत्ता तथा अन्य सुविधा वापत १ करोड ७६ लाख १२ हजार २९६ रुपैयाँ खर्च गरेको छ ।

त्यसै गरी कम्पनीले संचालक समितिको बैठक १८ लाख ९७ हजार रुपैयाँ, लेखापरीक्षण समितिको बैठक भत्ता ५ लाख ४० हजार रुपैयाँ, दाबी भुक्तानी तथा पुनर्बीमा उपसमितिको बैठक भत्ता ३ लाख २० हजार रुपैयाँ खर्च गरेको छ ।

कुन समितिको कति तलव /भत्ता ? 

कम्पनीको १८ औं वार्षिक साधारणसभा फागुन ३ गते विहीबार आम्रपाली ब्याङ्केटमा बस्दैछ । सभाले ५.५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर रकमको समायोजनको लागि ०.२८९४७ प्रतिशत नगद लाभांश लगायतको एजेण्डामाथि छलफल गरी पारित गर्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर