हल्लाको भरमा बढेको सेयर बजार आज घट्यो !

प्रकाशित:
०७ असोज २०८०

काठमाडौं । गत बिहीबार मार्केटमा १२ करोडको सिमा हट्ने हल्लासँगै सेयर बजार ४४.३४ अंकले बढेको थियो । करोबार रकम समेत चमक देखिएको थियो । बिहीबार ३ अर्ब २९ करोड ३९ लाख २१ हजार ३६८ रुपैयाँको कारोबार भएको थियो ।
१२ करोडको सिमा हट्ने वा नहट्ने नियमन निकायबाट आधिकारी निर्णय वा सूचना नआएपछि पुन : सेयर बजारले पहिलैको ओरालो यात्राको लय समत्ने छाटकाट देखिएको छ ।
साताका पहिलो दिन (आज) आइतबार बजार बढ्ने लगानीकर्ताले आशा गरेका थिए । तर बजार खुल्ने वित्तिकै घटेको बजारमा सामान्य उतारचढावको बीच नेप्से सूचक १९.४२ विन्दुले घटेर २०१०.३५ अंकमा आएको छ । ३ कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares