कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

अर्थकागज
प्रकाशित: ०८ वैशाख २०८२
Image description

काठमाडौं । कुमारी बैंक लिमिटेडले कुल ५ लाख ६ हजार ९७२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र कुमारी क्यापिटल लिमिटेड, नक्साल वा बैंकको प्रधान कार्यालय, टंगाल, काठमाडौंमा आवेदन दिनुपर्नेछ । यो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् । शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने पनि बैंकले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर