सोनापुर मिनरल्सको आईपीओ भर्ने अन्तिम मौका, माग भन्दा बढी आवेदन परेपछि आज बन्द हुँदै

अर्थकागज
प्रकाशित: १८ असोज २०८०
Image description

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड आज (असोज १८ गते) बिहीबार आईपीओ निष्काशन बन्द गर्ने भएको छ। बुधबार म्याद थप गरी असोज २८ गतेसम्म आवेदन दिन सकिने सूचना प्रकाशित गरेको कम्पनीले, मागभन्दा बढी आवेदन परेका कारण आजै निष्काशन बन्द गर्न लागेको हो।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको अनुसार बुधबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा ९ लाख ८६ हजार ७ सय ५० जना आवेदकले १ करोड १७ लाख ५२ हजार २ सय ९० कित्ताका लागि २ अर्ब ७९ करोड २१ लाख ९ हजार ५८ रुपैयाँ बराबरको आवेदन दिएका छन्।

कम्पनीले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता सेयर निश्कासन गरेको हो । कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम वापत १३७.२८ रुपैयाँ थप गरि प्रति कित्ता २३७.५८ रुपैयाँमा सेयर निष्काशन गरेको हो । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १५ लाख कित्ताको आवेदन दिन सकिने छ । कम्पनीले असोज १४ गतेदेखि सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गरिरहेका छ ।

कम्पनीले आज मात्र एक सुचना जारी गर्दै आईपीओ भर्नेको म्याद असोज २८ गतेसम्म थप गरेको थियो । यद्यपि सो मिति अगावै पूर्ण आवेदन परेमा सार्वजनिक सूचना जारी गरेर त्यस अगाडी नै आईपीओ बिक्री बन्द गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर