सिंगटी हाइड्रोले लाभांश वितरण नगर्ने, डाक्यो साधारणसभा

प्रकाशित:
१० माघ २०८०
.png)
सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस ९ गते मंगलबार बसेको सञ्चालक समिती बैठकले कम्पनीको चौधौ साधारणसभा फागुन १ गते गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार सभा फागुन १ गते बिहान ११ बजेदेखि धुम्रबराह भेन्यु धुम्बाराही काठमांडौमा हुने छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश वितरणको प्रस्ताव गरेको छैन त्यसैले यो बर्ष सेयरधनीहरुको हात खालि हुनेछ ।
सभाले आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाब, अध्यक्षको बार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगाएता ऐजेन्डा पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनार्थ माघ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, त्यसैले माघ १७ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागी हुन सक्नेछन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares