लाभांश प्रयोजनार्थ लक्ष्मी सनराईज क्यापिटलले तोक्यो बुकक्लोज, कहिलेसम्म किन्दा पाइन्छ लाभांश ?
प्रकाशित:
२३ साउन २०८१
काठमाडौँ । लक्ष्मी सनराईज क्यापिटल लिमिटेडले आफ्ना २ म्युचुअल फण्डको लाभांश प्रयोजनार्था बुकक्लोज मिति तोकेको छ ।
क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी उन्न्नत्ती कोष र लक्ष्मी भ्यालु फण्ड २ लाभांश वितरण गर्ने प्रयोजनका लागि साउन ३१ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार साउन ३० गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम हुने ईकाईधनीहरुले मात्रै फण्डको लाभांश प्राप्त गर्न सक्नेछन् ।
क्यापिटलको साउन १४ गते सोमबार अपरान्ह ४ बजे बसेको संचालक समितिको १४४औं बैठकले लक्ष्मी भ्यालु फण्ड २ इकाई धनिहरुलाई गत बर्षको मुनाफाबाट कर सहित ४.५ प्रतिशत नगद लाभांश र लक्ष्मी उन्नत्ती कोषका इकाई धनिहरुलाई गत बर्षको मुनाफाबाट कर सहित ७.५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares