शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा २२.१९ प्रतिशतले वृद्धि, यस्ता छन् अन्य सूचक

अर्थकागज
प्रकाशित: १५ माघ २०८२
Image description

काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्म ४० करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.१९ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष यही अवधिमा बैंकले ३३ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी भने केही घटेको देखिन्छ। खुद ब्याज आम्दानी १.२१ प्रतिशतले घट्दै १ अर्ब २८ करोड रुपैयाँमा सीमित भएको छ। वितरणयोग्य नाफामा पनि संकुचन आएको छ। अघिल्लो वर्ष २२ करोड ८२ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा हाल घटेर १६ करोड रुपैयाँमा झरेको छ।

त्यसैगरी बैंकको लाभांश वितरण क्षमता पनि ९.३६ प्रतिशतबाट घटेर ६.३७ प्रतिशतमा सीमित भएको छ। बैंकले ७३ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५९ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।५ अर्ब २ करोड रुपैयाँ चुक्तापूँजी रहेको बैंकको रिटेन्ड अर्निङ ७६.०६ प्रतिशतले घट्दै १६ करोड रुपैयाँमा झरेको छ। यद्यपि रिजर्भ फण्ड भने १८.५३ प्रतिशतले वृद्धि भई २ अर्ब १८ करोड रुपैयाँ पुगेको छ।

यस अवधिमा बैंकको खराब कर्जा अनुपात ४.४० प्रतिशतबाट बढेर ४.७५ प्रतिशत पुगेको छ। कस्ट अफ फण्ड भने ५.३७ प्रतिशतबाट घटेर ४.२३ प्रतिशत कायम भएको छ। बैंकको सिडी रेसियो ८४.७७ प्रतिशत, बेस रेट ६.१३ प्रतिशत र स्प्रेड दर ४.१९ प्रतिशत रहेको छ। साथै बैंकको आरओइ १०.९७ प्रतिशत र आरओए ०.९९ प्रतिशत रहेको छ।

बैंकको प्रतिसेयर आम्दानी १६.१० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४६.६० रुपैयाँ, मूल्य–आम्दानी अनुपात २५.०६ गुणा र तरलता अनुपात २५.९३ प्रतिशत रहेको विवरणमा उल्लेख गरिएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर