बैदेशिक रोजगारी जानेलाई एसबिआई मर्चेण्ड बैकिङ्गले दियो निशुल्क सेयर शिक्षा
काठमाडौं । क्यापिटलको बजारमा आफ्नो छुट्टै स्थान बनाउन सफल एसबिआई मर्चेण्ड बैकिङ्गले आज अर्थात माघ १० बैदेशिक रोजगारीमा जानेहरुलाई निशुल्क सेयर शिक्षा तालिम दिएको छ । एसबिआई मर्चेण्ड बैकिङ्गले तुलसी इन्टरनेशनल इम्प्लोइमेन्ट प्राईभेट लिमिटेडबाट बैदेशिक राजगारीमा जानको लागि योग्य व्यक्तिहरुलाई सेयर शिक्षा तालिम दिएको हो । तालिममा ४० जना भन्दा धेरै व्यक्तिहरुको उपस्थित रहेको थियो । तालिममा विदेशबाट नेपालमा कसरी सजिलै सेयर खरिद बिक्री गर्न सकिने विषयमा अन्तरक्रिया भएको एसबिआई मर्चेण्ड बैकिङ्गका मार्केटिङ इन्चार्ज संगिता श्रेष्ठले बताईन । नेपाल सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि छुट्याएको आईपीओ कोटामा आवेदन दिदा हुने फाईदाको बारेमा तालिममा जानकारी दिएको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको डिम्याट खाता खोल्नुको साथै सेयर कारोबारमा समेत एसबिआई मर्चेण्ड बैकिङ्गले सहयोग गर्ने मार्केटिङ सहयोगी पारस थापाले बताए ।
Shares