उन्नति सहकार्य लघुवित्तले एफपीओ निष्कासन गर्ने मिति तय !

प्रकाशित:
१२ कात्तिक २०८०

काठमाडौं । उन्नति सहकार्य लघुवित्तले कात्तिक गतेदेखि कार्तिक २१ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने भएको छ ।
लघुवित्तले १ करोड ७८ लाख ४५ हजार ४५१ रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्न लागेको हो । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ जारी गर्न लागेको हो । लगानीकर्ताले कात्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा मंसिर ५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।
क्रेडिट रेटिङ संस्था केयर नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको जानाउने ‘केयर एनपी इस्यूअर रेटिङ बी प्लस’ रेटिङ प्रदान गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares