नाफासँगै घट्यो निफ्राको प्रतिशेयर आम्दानी
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) ले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा बैंकको खुद नाफामा गिरावट आएको छ।
असार मसान्तसम्ममा बैंकले १ अर्ब ३३ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.९८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँ थियो।यो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७० करोड ७२ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.४७ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी पनि ६.७४ प्रतिशतले घटेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सामान्य गिरावट आयको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३९ पैसाले घटेर ६ रुपैयाँ १६ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ ११३ रुपेयाँ ७० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३७.०१ गुणा रहेको छ।२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ९५ करोड ८८ लाख रुपैयाँ सञ्चित छ।
Shares