कति छ आज अमेरिकी डलरको भाउ ?

अर्थकागज
प्रकाशित: १० पुस २०८१
Image description

काठमाडौं । बिहीबार अमेरिकी डलरको भाउ उच्च विन्दुमा पुगेर स्थिर भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार यस दिन डलर अघिल्लो दिनकै मूल्यमा स्थिर रहेको हो।

अघिल्लो दिन डलरले नयाँ रेकर्ड बनाउँदै हालसम्मकै मंहगो विन्दुमा पुगेको थियो। हिजो एक अमरेकी डलरको खरिदमूल्य १३६.०३ रुपैयाँ र बिक्रीमूल्य १३६.६३ रुपैयाँमा पुगेको हो। यस दिन पनि डलर सोही भाउमा स्थिर रहेको छ। आज एक अष्ट्रेलियन डलरको खरिदमूल्य ८४.८९ रुपैयाँ र बिक्रीमूल्य ८५.२६ रुपैयाँ तोकिएको छ भने १० जापानिज यनको खरिदमूल्य ८.६५ रुपैयाँ र बिक्रीमूल्य ८.६८ रुपैयाँ निर्धारण भ

एको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर