११ % लाभांश घोषणपछि नबिल बैंकका सेयरधनी आक्रोस, भटाभट सस्तोमा सेयर बेचेर बाहिरिदै
काठमाडौं । नबिल बैंकले आज अर्थात मंसिर ७ गते बसेको संचालक समितिको बैठकले ११ प्रतिशत लाभांश घोषणा गर्यो ।
त्यो पनि बोनस सेयर नदिई नगद लाभांश मात्रै घोषणा गर्यो । नबिलका सेयरधनीले ३० प्रतिशत भन्दा माथिको लाभांश दिने अनुमान गरेको थिए ।
उता, बैंकका संचालक समितिका अध्यक्षले उपेन्द्र प्रसाद पौड्यालले १ वर्ष अगाडि मात्रै हामी लगातार तीन वर्षसम्म हरेक वर्ष ३० प्रतिशतले लाभांश दिने घोषणा समेत गरेका थिए ।
अध्यक्ष पौड्यालको भनाईमा विश्वास गरेर बैंकका सेयर पालि राखेका सेयरधनीहले अहिले आएर धमाधम दोस्रो बजारमा सेयर बेच्न थालेका देखिन्छ । बिहीबार नबिल बैंकको सेयर दोस्रो बजारमा प्रतिकित्ता ४६ रुपैयाँले घटेको छ । यो बैंकको सेयर मुल्यमा ८.२० प्रतिशतको घटाई हो ।
लाभांश दिने क्षमता भएतापनि खुलेर लाभांश नदिनुको पछाडि कतै सिईओलाई असफल बनाउने खेलमा संचालक समिति लागेको अनुमान सेयरधनीले गरेका छन् ।
Shares