पर्यटक आगमनमा नयाँ रेकर्डः एक महिनामै १ लाख १७ हजार भित्रिए

अर्थकागज
प्रकाशित: १४ कात्तिक २०८०
Image description

नेपालमा विदेशी पर्यटक आगमनमा उत्साहजनक प्रगति देखिएको छ । अक्टोबर महिनामा हालसम्मकै सबैभन्दा बढि पर्यटक भित्रियपछि नयाँ रेकर्ड कायम भएको छ ।

सन् २०२३ को अक्टोबरमा मात्रै १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएका छन् हालसम्म एकै महिनामा यति धेरै पर्यटक नेपाल भित्रियको पहिलो पटक हो । सन् २०२३ को १० महिनाको अवधिमा ८ लाख पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि अक्टोबरको बीचमा ८ लाख ९ हजार ६७८ जना पर्यटक नेपाल आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर