गरिमा विकास बैंकको १०.५३ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थकागज
प्रकाशित: २६ असोज २०८२
Image description

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । २७ गते सोमबार दिउसो ३ः३० बजे बसेको सञ्चालक समितिको ३३४औँ बैठकले आर्थिक वर्ष २०८१/०८२ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट सेयरधनी महानुभावहरुलाई हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनश सेयर र प्रस्तावित बोनस सेयर र नगद लाभांशको कर सहित ४.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गरिने छ ।

हाल ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैँया ५७ पैसा चुक्ता पुँजी रहेकोमा यस विकास बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी उन्नाइसौँ वार्षिक साधारण–सभाबाट पारित भएपश्चात विकास बैंकको चुक्ता पू¤जी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय सतसट्ठी रुपैँया २२ पैसा कायम हुनेछ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२५ शाखा कार्यालय, १ एक्सटेन्सन कार्यालय र ५१ वटा ATM मार्फत ग्राहकहरुलार्ई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर