मेरो शेयरको सर्भरमा समस्या
प्रकाशित:
२९ फागुन २०८१
काठमाडौं । सर्भरमा प्राविधिक समस्या आएपछि मेरो शेयरका सेवाहरू अवरूद्ध भएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार मेरो शेयर, सि–आस्वा, सि–केवाईसी लगायतका सेवाहरू सञ्चालन गर्न प्रयोग गरेका सर्भरहरू मध्ये एक सर्भरमा प्राविधिक समस्या देखिएको हो ।उक्त सर्भरमा समस्या देखा परेकाले शुक्रबार साढे ३ बजेदेखि सेवा अवरुद्ध भएको कम्पनीले जनाएको छ।
उक्त सूचनामा लेखिएको छ, ‘यस सिडिएससीले मेरो शेयर, सि–आस्वा, सि–केवाईसी लगायतका सेवाहरू सञ्चालन गर्न प्रयोग गरेका सर्भरहरू मध्ये एक सर्भरमा प्राविधिक समस्या देखिई तत्काल मेमोरी रिप्लेसमेन्ट गर्नुपर्ने भएकोले २०८१।१२।१ गते दिनको ३.३० बजे पछि रिप्लेसमेन्ट सम्बन्धी कार्य गरिने हुँदा केही समयका लागि सिडिएससीका सेवाहरू अवरुद्ध हुन सक्ने जानकारी गराइन्छ।’
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares