सूर्योदय वोमी लघुवित्तको एफपिओ बाँडफाँट मिति तय, कहिले र कहाँ हुँदैछ बाँडफाँड ?

अर्थकागज
प्रकाशित: १३ साउन २०८१
Image description

काठमाडौं । बिक्री प्रबन्धक कुमारी क्यापिटलले सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड गर्ने तयारी गरेको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार बुधबार बाँडफाँट गर्ने तयारी भएको हो । कुमारी क्यापिटलको केन्द्रिय कार्यालय दुर्गा भवन, नागपोखरीमा एफपिओ बाँडफाँड हुनेछ ।

कम्पनीको एफपिओमा मागभन्दा ५१०.१३ गुणा बढी आवेदन परेको छ । यसमा १६ लाख ५६ हजार ८२६ जनाले कुल २ करोड ३८ लाख ३७ हजार ९०० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ४ हजार ६७२ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १६ लाख ५२ हजार १५४ जनाको भने हात खाली हुनेछ । । एफपिओ बाँडफाँड गोलाप्रथाबाट हुनेछ ।

यस लघुवित्तले साउन ४ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ४६ हजार ७२९ कित्ता एफपिओ  बिक्रीमा ल्याएको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर