सेबोनका अध्यक्ष श्रेष्ठलाई तीन लगानीकर्ता संघले भेटेर भने- 'पुँजी बजार पारदर्शी, दिगो र विश्वसनीय हुनेमा हामी विश्वास्त छौं'

अर्थकागज
प्रकाशित: २० जेठ २०८२
Image description


काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई आज तीन लगानीकर्ता संघले भेटेर ज्ञापन पत्र बुभएका छन् । शेयर लगानीकर्ता संघ नेपाल, पुँजी बजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका पदाधिकारीहरुले अध्यक्ष श्रेष्ठलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।

तीन लगानीकर्ता संघले संयुक्त रुपमा बुझाएका ज्ञापन पत्रमा भनिएको छ-' नेपाल धितोपत्र बोर्डमा अध्यक्षले पदभार ग्रहण गरेसँगै पुँजी बजारमा सुधार ल्याउने उदेश्यले विभिन्न नीतिगत पहलहरु सुरु भउको सन्दर्भमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनमार्फत पुँजी बजारको दिगो विकास गर्न प्रतिबद्धता जनाइएको छ, जसले बजारमा स्थायित्व र लगानीकर्ताको विश्वासलाई बलियो बनाउने अपेक्षा गरिएको छ । हाल बोर्डमा रहेका कम्पनीको आईपीओ प्रस्तावमध्ये अधिकांश कम्पनीहरु लेखा समितिको निर्देशन अनुसार नेटवर्थ ९० भन्दा कम भएको कम्पनीहरुको प्रस्ताव पुनरावलोकन गर्ने र आईपीओ प्रक्रियालाई पादरदर्शी बनाउने पहल भएको छ जुन स्वागतयोग्य छ । हाईड्रोपावर कम्पनीको संस्थापक सेयरधनीहरुले आयोजना सम्पन्न नहुँदै सेयर बिक्री गर्ने प्रवृत्तिमा रोक लगाने गरी नीति निर्माणको तयारी भएको छ । सेयर बजारमा भइरहेका अनैतिक क्रियाकलापलाई निर्ममतापुर्वक नियन्त्रण गर्ने र बजारलाई निष्पक्ष, पारदर्शी तथा सुशासित बनाउने उदेश्यले काम अघि बढाइएको भन्ने बुझिएको छ । सरकाको सहकार्यमा नीजि क्षेत्रको सहभागितामा नयाँ स्टक एक्सेचेन्ज संचालनको यारी पनि प्राथमिकतामा रहेको छ, जसको नियमन र सुपरीवेक्षणको लागि बलियो संयन्त्र निर्माण हुने आशावादी रहेका छौ । यी सवै पहलहरुले नेपालको पुँजी बजारलाई पारदर्शी, दिगो र विश्वसनीय बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास पनि गरेका छौं ।'


प्रतिक्रियाहरू

सम्बन्धित खबर