आर्थिक वर्ष २०७९/८० को लाभांशले लगनीकर्ताहरु निराश !

अर्थकागज
प्रकाशित: ०३ माघ २०८०
Image description

आर्थिक बर्ष २०७९ ८० को बर्ष पुँजीबजारको लगानीकर्ताहरुको लागि निराशाजनक रह्यो । कम्पनिहरुबाट राम्रो लाभांश पाउने र सेरबजार बढ्ने भन्ने आश लगानीकर्ताहरुको हुन्छन । तर, यसबर्ष २ वटैबाट लगानीकर्ताहरुले आशा गरे अनुसार प्रतिफल पाउन सकेनन् । एकातिर बर्षभरि नै सेयर बजारले गतिलिन सकेन । सेयर बजारमा नेप्से बढ्न सकेन । सेयर बजारमा नेप्से १८ सय अंकको लाइन देखि २१ अंकको लाइनमा कृष्णको चक्र घुमे जस्तै गरि घुमिरहेको थियो र कम्पनीहरुबाट पनि राम्रो लाभांश पाउन सकेन । खासगरि बाणिज्य बंैकहरुबाट । अधिकाश बाणिज्य बैकहरुको लाभांश घटेको देखियो । त्यसोत कतिपय कम्पनीहरुले त लाभांश नै दिएन भने कतिपयले कम मात्र दियो पनि नगद लाभाश मात्र दिएका छन् बोनश सेयर दिएन । त्यसोत अधिकाश लगानीकर्ताहरुको आकर्षण बोनस सेयरमा हुने गरेका छन् । त्यसोत यसबर्षमा पनि बिगतका बर्षहरुमा जस्तै नेपाल राष्ट बैंक र गभर्नर साहेब सेयरबजार प्रति सकारात्मक हुन सकेन भने सरकार पनि पुँजीबजार मैत्री हुन सकेन । त्यसोत बाणिज्य बैंकहरुले मात्र नभइ जलबिद्युत कम्पनीहरु बिकास बैंकहरु लघबित्त कम्पनीहरु बीमा कम्पनीहरुले लाभाश दिएन दिने कम्पनीहरुले पनि न्यून मात्र दिएको देखिन्छ ।

यसबर्ष एकातिर नेप्से बढ्न सकेन भने अर्कोतिर कम्पनीहरुबाट पनि सेयरधनीहरुले लाभाश राम्रो पाएन भने लाभांश दिने कम्पनीहरुले पनि नगद लाभांश मात्र दिए । त्यसोत केहि कम्पनीहरुले नगद र बोनश सेयर दिए भने केहि कम्पनीहरुले बोनस मात्र पनि दिए । त्यसोत पछिल्लो समयमा कतिपय सेयरबजारका जानकारहरु बिश्लेषकहरु बिज्ञहरुले भने अहिलेको अबस्थामा नगद लाभांस मात्र दिन उपयुक्त हुने बताएका छन् । कतिपय जानकारहरुको भनाइमा पछिल्लो समयमा सेयरबजारमा सेयरको सख्या बढिरहेका बताउँछन । एकातिर बिभिन्न नयाँ नयाँ कम्पनीहरुको सेयरहरु आइरहेका छन भने अर्कोतर्फ ठूला भनिएका बाणिज्य बैकहरुले बिग मर्जर गरेका छन् ।

ग्लोबल आइ एमइ बैक र बैक अफ काठमाडौ, हिमालयन बैंक र सिभिल बंैक, प्रभ बैक र सेन्चुरी बंैक लक्ष्मि बैक र सनराइज बंैक नेपाल इन्भेष्टमेण्ट बैक र मेगा बैकले बिग मर्जर गरेका छन् । यसकारणले पनि लगानीकर्ताहरुसँग एकै बैकको थुप्रै सेयरहरु भएको कारणले बजारमा बिक्रीको चाप बढेको कारणले सेयरको भाउ बढ्न सकेको छैन ।

पछिल्लो समयमा बिग मर्जर गरेका बैकहरुको सेयर २ सयमा पनि बिक्न छाडेका छन् । यस्तो अबस्थामा बंकहरुले बोनश सेयर बितरण गर्दा बजारमा झन सेयरको बिक्री चाप बढ्न सकक्ने बताउँछन सरोकारवालाहरु । यसले अर्कोतिर कम्पनीको पूँजी बढ्न गइ आगामि बर्षहरुको लाभाशमा समेत नकारात्मक असर पर्न सक्छ । यसकारणले पनि सेयरबजारका जानकारहरुले बोनश सेयरमा भन्दा पनि नगद लाभाशमा जोड दिन बताउँछन । त्यसोत केहि कम्पनीहरुले यसबर्ष लाभाश दिन सक्ने क्षमता भए पनि यसबर्ष लाभाश नदिनेर सचित गरेर अर्कोबर्ष दिने बताएका छन् । तर, अधिकाश सेयरधनीहरुको भनाइमा आफुले पाकेको बर्षमा नै लाभाश पाउन पर्ने बताउँछन ।

यसबर्षको लाभाश यसै बर्ष पाउन पर्छ । जति सुकै प्रतिशतमा भए पनि लाभाश पाउनु पर्छ भन्ने ्भनाइ रहेका छन् अधिकाश सेयरधनीहरुको । यो सेयरधनीहरुको अधिकार पनि हो । कतिपयले लाभाशको लागि नै सेयर किनेका हुन्छन । यसबर्ष लाभाश नदिने सचित गर्ने र अर्को बर्ष दिने भनेको मरेपछि उपचार भने जस्तो भएन र ? त्यसोत कुमारी बैक, प्राइम बैक हिमालयन बैक, एनएमबि बैक, नेपाल बैकले सेयरधनीहरुलाई लाभांश दिएन भने नेपाल इन्भेष्टमेण्ट मेगा बैक, प्रभु बैक, कृषि बिकाश बैक भने चुपचाप छन् । त्यसैगरि यसबर्ष लघुबित्त कम्पनीहरुले पनि सालाखाला १५ प्रतिशतको हाराहरीमा लाभाश दिएका छन भन्दा पनि फरक नपर्ला ।

 कतिपय लघुबित्त कम्पनिहरुले बिगतमा ५० प्रतिशत भन्दा बढिले लाभाश दिने गरेका थिए । त्यसोत नेपाल राष्ट्र बैकले लघुबित्त कम्पनीहरुको लाभांशमा पेच कसेको कारणले पनि लघुबित्त कम्पनीहरुको लाभांशमा कमी भएको भनेर सरोकारवालाहरुले भन्ने गरेका छन् । त्यसोत लघुबित्त कम्पनीहरुको ब्यापारमा मेडिकल व्यवसाई दुर्गा प्रशाइको कारणले पनि समस्या भोग्न परेको नकारात्मक असर परेको बताउँछन सम्बन्धित सरोकारवालाहरुले । ब्यापारी दुर्गा प्रसाइले लघुबित्तका कम्पनीका कर्मचारीहरुले ऋण उठाउन आउँदा लखटेर पठाउँ कालोमोसो दलेर पठाउ भनेर अराजक भाषण गरेको कारणले पनि लघुबित्त कम्पनीहरुले समस्या भोग्न परेको थियो ।

 दुर्गा प्रसाइले यो थाहा थिएन कि लघुबित्त कम्पनिको पुँजी भनेको आम लगानीकर्ताहरुको पुँजी हो । लघबित्त कम्पनीहरुमा आम लगानीकर्ताहरुले पनि लगानी गरेका हुन्छन भनेर थाहा नपाउन बिडम्बना हो । लघुबित्त कम्पनीहरुमात्र होइन बैक तथा बित्त कम्पनीहरुमा पनि आम लगानीकर्ताहरुको लगानि रहेका हन्छन् । अराजक बिचारधाराका दुर्गा प्रसाइले भने जस्तो मारवाडि समुहको मात्र लगानी हुन्दैन बैक तथा बित्त कम्पनीहरुमा बैक तथा बित्त कम्पनी डुब्न भनेको आम लगानीकर्ताहरु पनि डुब्ने हो । त्यसोत बैक तथा बित्त कम्पनीहरुमा यसबर्ष बिभिन्न समस्याहरु देर्खिको कारण नै दुर्गा प्रसाइ हो भनेर पनि जानकारहरु बताउँछन ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर