राधी विद्युत् कम्पनीको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

प्रकाशित:
२७ मंसिर २०८१

काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सभा पुस १८, दरबार रेष्ट्रो एण्ड पार्टी भेन्यू, तिखेदेवल ललिलपुरमा बिहान १० बजे बस्नेछ । सभामा शेयरधनीलाई ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत गरी कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पेश हुनेछ ।
साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । त्यस्तै, सभाले चालू आवका लागि लेखापरीक्षकका नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस ४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ३ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउन तथा सभामा सहभागी बन्न पाउनेछन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares