दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर, कुन कम्पनीको कति लाभांश ?

अर्थकागज
प्रकाशित: २२ साउन २०८१
Image description

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सूर्योदय वोमी लघुवित्तको संस्थाले अघिल्लो आर्थिक बर्षबाट वितरणको प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ ।

दुबै कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनका लागि भोलि साउन २४ गते बुकक्लोज गर्ने निर्णय गरेका थिए त्यसैले आजसम्म नेपाल स्टक एक्चेन्ज(नेप्से) मा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्र्राप्त गर्न सक्नेछन् ।

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत गरी १०.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । इन्स्योरेन्सले उक्त लाभांश पारित गर्न आगामी भदौ ७ गते साधारण सभा बोलाएको छ । सभा, नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजे सुरु हुनेछ ।

त्यस्तै सूर्योदय वोमी लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो । संस्गाले उक्त बोनस सेयर सहितका ऐजेण्डा पारित गर्न साउन ३२ गतेका लागि साधारण सभा बोलाएको छ । सभा, महालक्ष्मी नगरपालिका, लुभु ललितपुरस्थित लुभु पार्टी प्यालेस एन्ड क्याटेरिङ सेन्टरको सभाहलमा दिउँसो १२ः३० बजे सुरु हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर