रावा इनर्जीको साधारणसभा आज बस्दै

अर्थकागज
प्रकाशित: १५ पुस २०८१
Image description

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको पाचौं वार्षिक साधारणसभा आज पुस १६ गते बस्दैछ। सभा काठमाडौंको पूरानो बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा अपरान्ह १ बजेदेखि शुरू हुनेछ। यस कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रकारको प्रस्ताव समावेश गरेको छैन। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ। त्यस्तै रिक्त रहेको कम्पनीको सञ्चालक पदपूर्तिका लागि निर्वाचन र नियुक्ति गर्ने प्रस्ताव समेत सभाका लागि निर्धारण गरिएको छ। सभा प्रयोजनार्थ यस कम्पनीले पुस २ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा पुस १ गतेसम्म कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन सक्नेछन्।

s

प्रतिक्रियाहरू

सम्बन्धित खबर