चिलिमे हब सबस्टेसन तयार, रसुवागढी र अप्पर सान्जेन राष्ट्रिय प्रणालीमा जोडिने

अर्थकागज
प्रकाशित: १४ फागुन २०८०
Image description

नेपाल–चीन विद्युत् सञ्जाल विस्तारका लागि महत्वपूर्ण मानिएको एक पूर्वाधार चिलिमे हब सबस्टेसन निर्माण सम्पन्न भएको छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिकास्थित थम्बुचेतमा २२०/१३२/३३ केभी क्षमताको चिलिमे हब सबस्टेसन निर्माण गरिएको हो । केरुङ नाकाबाट करिब १४ किलोमिटर दक्षिणमा पर्ने सो सबस्टेसनको यही शुक्रबारदेखि प्राविधिक परीक्षण गर्ने तयारी छ ।

बृहत् प्रसारण लाइन आयोजना (२२० केभी) का निर्देशक थर्कबहादुर थापाका अनुसार एक महिनाभित्र पूर्ण सूचारु गर्नेगरी तयारीका कम भइरहेको छ ।

थापाले मार्च १ देखि २५ सम्म सम्पूर्ण उपकरणको विस्तृत परीक्षण गरिने छ भने त्यसपछि केही दिन सबस्टेसन चार्ज गरेर हेरिने जानकारी दिनुभयो । “सबै उपकरण जडानको काम सम्पन्न भएका छन्, अब परीक्षणको तयारी गर्दै छौँ, ” उहाँले भन्नुभयो, “अप्रिल सुरुबाटै विद्युत् प्रणालीमा आबद्ध गरी सबस्टेसन सञ्चालनमा आउने छ ।” सो सबस्टेसन तयार हुनासाथ १११ मेगावाटको रसुवागढी, र १४.८ मेगावाटको अप्पर सान्जेन जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने छ । यसै आवभित्र सम्पन्न गर्ने लक्ष्य लिएका लोअर सान्जेन (४२.५) मेगावाट र सानिमा ग्रुपले बनाइरहेका १४.३ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनाको विद्युत् पनि विद्युत् आपूर्ति प्रणालीमा आबद्ध गरिन्छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर