चिलिमे जलविद्युत कम्पनीको मनोरन्जनमा लाखौं खर्च, अध्यक्ष कुलमान घिसिङको भत्ता कति ?
प्रकाशित:
१६ पुस २०८१
काठमाडौं । नेपला विद्युत प्राधिकरणको ५१ प्रतिशत लगानी रहेको चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ मा मनोरन्जनमा लाखौं रकम खर्च गरेको छ । कम्पनीले यस आर्थिक वर्षमा गेष्ट मनोरन्जन खर्च मात्रै २ लाख ३ लाख ९८ हजार ६५९ रुपैयाँ खर्च गरेको छ । सेयरधनीलाई यस आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत लाभांश दिएको यस कम्पनीले भत्तामा मात्रै २१ लख ७५ हजार २५५ रुपैयाँ खर्च गरेको छ । कम्पनीले यस आर्थिक वर्षमा कानुनी उपचारमा २ लाख १४ हजार ७०० रुपैयाँ खर्च गरेको छ ।
कम्पनीले यस आर्थिक वर्षमा संचालक समितिका अध्यक्षलाई १ लाख ९६ हजार रुपैयाँ भत्ता खुवाएको छ । कम्पनीको अध्यक्षमा कुलमान घिसिङ रहेका छन् । यस कम्पनीमा ११ जनाको संचालक समितिको कमिटी रहेको छ ।
कसले कति भत्ता लिए ?
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares