माछापुच्छ्रेले गर्यो लाभांश घोषणा
प्रकाशित:
१२ भदौ २०८०
काठमाडौ. । माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । आज (बुधबार) बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को लाभांश प्रस्ताव गरेको हो ।
समितिको बैठकले चुक्ता पुँजीको १४ प्रतिशत (कर सहित) लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकले १३.३० प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांस प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares