बिक्रि आम्दानीसंगै घट्यो युनिलिभरको नाफा, ईपिएस कति ?
प्रकाशित:
२५ माघ २०८०
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
यस अवधिमा कम्पनीले ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.८० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यस अवधिमा कम्पनीले १ अर्ब ८४ करोड बिक्रि आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.२० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ अर्ब २० करोड रुपैयाँ आम्दानी गरेको थियो।
लघुवित्तको प्रतिशेयर आम्दानी घटेर ९१४ रुपैयाँ २२ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ ४२१४ रुपैयाँ रहेको छ । ९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटर्न अर्निङमा ३ अर्ब ७७ करोड रुपैयाँ छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares