नबिल बैंकको साधारणसभा सम्पन्न, २ अर्ब नगद लाभांश सेयरधनीको खातामा

अर्थकागज
प्रकाशित: २६ मंसिर २०८१
Image description

काठमाडौं । नबिल बैंक लिमिटेडको ४० औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत अर्थात दुई अर्ब ७० करोड ५६ लाख ९९ हजार ६७२ रुपैयाँ बराबरको (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित विभिन्न प्रस्तावहरु पारित गरेको छ ।

साथै बैंकको साधारण सभाले गाभ्ने गाभिने तथा प्राप्ति गर्न रणनीतिक साझेदारी गर्नेदेखि सम्पूर्ण कार्यका लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने समेत प्रस्ताव पारित गरेको छ ।

सभाले पारित गरेको नगद लाभांश आजै सेयरधनीहरुको खातामा जम्मा गरिएको बैंकले जनाएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर